Friday, May 3Nepal News Portal
Shadow

एक अर्ब ४० करोड लगानीमा औषधी उत्पादन क्षमता बढाउँदै नेसनल हेल्थकेयर


काठमाडौं। निजी क्षेत्रबाट सञ्चालित नेसनल हेल्थकेयर प्रालिले औषधी उत्पादन क्षमता बढाउन नयाँ उत्पादन प्लान्ट लगाउने भएको छ। उद्योगको नयाँ प्लान्ट विस्तारको काम जारी छ।

आगामी सन् २०२४ जुनसम्म नयाँ प्लान्टबाट औषधी उत्पादन थाल्ने नेसनलले जानकारी दिएको छ। क्षमता विस्तारका लागि एक अर्ब ४० करोड रुपैयाँ थप लगानी गर्ने नेसनलको भनाइ छ।

जसमध्ये ५० करोड ऋण र बाँकी एक अर्ब १० करोड संस्थापकको लगानी हुने भएको छ। नयाँ प्लान्टबाट औषधी उत्पादन भएपछि निकासी थप विस्तार हुने उद्योगले जनाएको छ। उद्योगले एक अर्ब ऋणको रेटिङ गराएको छ।

औषधी व्यापार २२ प्रतिशत बढ्यो

नेसनल हेल्थकेयरको औषधी व्यापार २२ प्रतिशत बढेको छ। कम्पनीले २०२१ मा २ अर्ब ६२ करोड २० लाख रुपैयाँको औषधी व्यापार गरेको थियो। एक वर्ष अवधिमा नेसनलको औषधी व्यापार ५७ करोड ७० लाख रुपैयाँ बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।

२०२० मा २ अर्ब २२ करोड २० लाख रुपैयाँको औषधी कारोबार गरेको थियो। यस्तै २०१९ मा नेसनलले २ अर्ब १३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो।

एन्टिमाइक्रोबायल, रिस्पारेटरी, एन्टिडायबेटिक र एन्टमिाइक्रोबायल औषधी बिक्री बढेपछि आम्दानी बढेको हो। २०२२ मा उद्योग ७० प्रतिशत क्षमतामा सञ्चालन भएको थियो।

नेसनलले १५ श्रेणीमा ३ सय ६५ प्रकारका औषधी उत्पादन गर्दै आएको छ। विशेषगरी उद्योगले एन्टिबायोटिक र एन्टिमाइक्रोबायल औषधी उत्पादन गरिरहेको छ। उद्योगको देशभर ५ सय स्टकिस्ट छन्।

नेपालमा औषधी उत्पादन बढे पनि अझै ५४ प्रतिशत औषधी भारतलगायत तेस्रो मुलुकबाट आयात हुने गरेको नेसनलले जानकारी दिएको छ। उद्योगले मुटु, नसा र ग्यास्ट्रिकका औषधी उत्पादन गरिरहेको छ।

Total Page Visits: 111 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्