Saturday, May 4Nepal News Portal
Shadow

देशभर निर्माणकार्य ठप्प पार्ने व्यवसायीको निर्माण चेतावनी


काठमाडौं । सरकारले निर्माण व्यवसायीका माग तत्काल सम्बोधन नगरे देशभर निर्माणकार्य ठप्प पार्ने चेतावनी दिइएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर व्यवसायीले निर्माण उपकरणसहित प्रदर्शन गरेका हुन् ।

बजेट दिन नसकिने आयोजनाहरू खारेज नगरे निर्माण व्यवसायीको आन्दोलन थप चर्कने चेतावनी उनीहरूले दिए ।

नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको आरोप लगाए । सरकारले निर्माण व्यवसायीका माग पूरा नगरे आफूले सांसद पद त्याग्ने उनले बताएका छन्।

छिटो काम सम्पन्न गर्न सबै निर्माण व्यवसायी लाग्नुपर्नेमा उनले जोड दिए । उनले लामो ‘ग्याप’ गरेर भुक्तानी नरोक्न सरकारलाई आग्रह गरे ।

विरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायी सरकारबाट नै ठगिइरहेको आरोप लगाए । सिंहदरबार, बालुवाटार, शीतलनिवास निर्माण व्यवसायीले नै बनाएको भन्दै उनले आफूहरूका माग पूरा गर्न आग्रह गरे ।

महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गर्नुपूर्व धेरैपटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएको गुनासो गरे ।

Total Page Visits: 100 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्