Saturday, May 18Nepal News Portal
Shadow

गभर्नर अधिकारी भन्छन्ः चार्टर्ड एकाउन्टेनमा भविष्य राम्रो छ


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेसा चार्टर्ड एकाउन्टेन रहेको बताएका छन् ।

बिहीबार (आज) काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सीएको पढाइले विभिन्न संस्कृति र व्यावसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताए ।

पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउन्टेनको काम महत्वपूर्ण हुँदै गएको उनले बताएका छन् । चार्टर्ड एकाउन्टेन पेसालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको उनको भनाइ छ ।

“विभिन्न संस्कृति र व्यावसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने आफ्नो क्षितिज फराकिलो बनाउन यो अवसर हेर्नु पनि उत्तिकै महत्वपूर्ण छ,” उनले भने, “नेपाल र विदेशका सबै सहभागी प्यानल र पेपर प्रस्तुतकर्ताहरूलाई म सन्देश दिन चाहन्छु कि भविष्यमा हाम्रो पेसाको लागि राम्रो र सम्भावना छ ।”

उनले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै चार्टर्ड एकाउन्टेनको विकास र बिस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताएका छन् ।

Total Page Visits: 137 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्