Sunday, April 28Nepal News Portal
Shadow

रामनगर समुदायिक हस्पिटलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विशेष छुट


काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल मा विशेष छुट पाउने भएका छन्।

बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन उक्त हस्पिटलसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ।

यस व्यवसायिक सम्झौतापछि विकास बैंकका भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त हस्पिटलको विभिन्न सेवाहरूमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

Total Page Visits: 126 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्