Tuesday, May 14Nepal News Portal
Shadow

बहराइनका राजकुमारसहितको टोलीले लोबुचेको चुचुरो चुम्यो


काठमाडौं, १७ असोज (ससं) । बहराइनका राजकुमार सहितको टोलीले लोबुचे हिमालको सफल आरोहण गरेको छ । आरोहणको व्यवस्थापनको जिम्मामा रहेको सेभेन समिट ट्रेकका अनुसार शनिबार बिहान ८ः५० बजे टोली चुचुरोमा पुगेको हो ।

लोबुचेको उचाई ६ हजार ११९ मिटर रहेको छ ।

हिमाल आरोहण गर्न बहराइनका राजकुमार सहितको टोली भदौ ३१ गते काठमाडौं आईपुगेको थियो । टोलीमा १५ जना बहराइन र ३ जना बेलायतका नागरिक छन् । लोबुचे आरोहण दलमा राजकुमार खलिफाका साथमा माउन्टेन गाइड मिंमा शेर्पा, टासीलाक्पा शेर्पासहित २५ जनाको टोली रहेको सेभेन समिटले जनाएको छ।

कोरोनाको महामारीका कारण यो नै २०२० को पहिलो आरोहण बनेको हो।

Total Page Visits: 622 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्