Sunday, May 12Nepal News Portal
Shadow

१४.८१ अंकले बढ्यो नेप्से


काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा पुगेको छ ।

आज २७१ धितोपत्रको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ३ अर्ब १ करोड ९४ लाख ६० हजार ५१२ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.९९ प्रतिशतले बढेर ३९८.०७ को बिन्दु कायम भएको छ ।

आज थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० अंकले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज १३ वटा उपसमूहमध्ये नौ उपसमूहको समूहगत सूचक बढेको छ । चारवटा उपसमूहको समूहगत सूचक घटेको छ ।

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सेयर मूल्य पहिलो कारोबार दिन नै नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

असार ३१ मा आईपीओ बाँडफाँट भएपछि बिहीबार लिस्टिङ भएर आजदेखि कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबार दिनमै ९.९९ प्रतिशतले घटेको छ ।

Total Page Visits: 122 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्