काठमाडौं, पुस २५ (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आज हुने बैठकलाई सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने छ।
देशको समसामयिक विषयमा बैठकमार्फत सम्बोधन गर्ने भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
प्रतिनिधिसभा विघटनपछि राष्ट्रियसभा मात्रै रहेको अवस्थामा सोही ठाउँबाट प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
देशभर प्रतिनिधिसभा विघटनलाई लिएर पक्ष र विपक्षमा मानिसहरू विभाजित भएका छन्।
सत्तारूढ नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको अवस्था छ।