Saturday, May 18Nepal News Portal
Shadow

उद्योग वाणिज्य महासंघले थाल्यो, ‘हेलो डाक्टर अभियान’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियान सुरु गरेको छ । महासंघले मूलुक विपत्तिमा रहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो अभियान थालिएको बताएको छ । अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आजदेखि ‘हेलो डाक्टर’ कार्यक्रम शुभारम्भ गरिएको छ ।

भाइबरसँगको सहकार्यमा महासंघले सुरु गरेको हेलो डाक्टर कार्यक्रममा डाक्टर अन कलका चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा काम गर्नेछन् । हेलो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने काम आइतबारबाट सुरु हुनेछ । यो कार्यक्रममार्फत कोरोना सङ्क्रमित भई घर वा आइसोलेशनमा बसेका तर, चिकित्सकको सल्लाह र परामर्श लिन कठिनाइ भएकाहरुले सेवा लिन सक्ने महासंघले जनाएको छ । अभियानले भाइबरमार्फत कोभिड सङ्क्रमित बिरामी र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराईदिनेछ ।

सुरुमा पाँच डाक्टरले परामर्श गर्नेछन् । हेलो डाक्टरमार्फत सोझै डाक्टरसँग परामर्श गर्न पाइने भएकाले सङ्क्रमितमा चिन्ता कमी गर्न र आत्मबल बढाउन सहयोग पुग्ने महासंघको विश्वास छ ।

Total Page Visits: 1019 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्