Saturday, May 18Nepal News Portal
Shadow

चेम्बरले विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउँने


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएको हो ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएको हो । हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् ।

एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा चेम्बरले उपलब्ध गराएको फोन नम्बर ०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोवाईल नम्बर ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने छ ।

 

Total Page Visits: 852 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्