Saturday, May 18Nepal News Portal
Shadow

बागमती प्रदेशको सवारी कर नागरिक एपबाटै तिर्न मिल्ने


काठमाडौं। बागमती प्रदेशको सवारीसाधन कर अब नागरिक एपबाटै तिर्न मिल्ने गरी सरकारले तयारी गरिरहेको छ। हिजो शनिबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अस्गर अलिले ६ महिना भित्र अधिकांश सरकारी भुक्तानी नागरिक एपबाट सुरु गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

नागरिक एपले उक्त अवधि धित्र थप ८० वटा नयाँ सेवा सञ्चालनको लक्ष्य लिएको छ। सरकारले तीन चरणमा नागरिक एप विकास र विस्तार गर्दै लाने योजना बनाएको छ।

यातायातको करसँगै खानेपानी, चौमासिक, अर्धवार्षिक एवम् वार्षिक कर भुक्तानी पनि नागरिक एपमा समावेश गर्ने तयारी सरकारको छ।
नागरिक एपमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई समावेश गर्ने बताइएको छ।

शनिबारसम्म ६ लाख २५ हजारले नागरिक एप डाउनलोड गरेका छन् भने दुई लाखभन्दा बढीले आफ्नो खाता भेरिफाइ गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

सरकारले वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नागरिक एपको फुल भर्सन सार्वजनिक गरेको थियो। गत माघ दुई गतेनै नागरिक एपको बेटा भर्सन सार्वजनिक भएको थियो।

नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्डसहितका विवरण समावेश गरिएको छ।

 

Total Page Visits: 740 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्