Friday, May 3Nepal News Portal
Shadow

सार्वजनिक भयो राजा राजेन्द्रको ‘आमा जननी’ (भिडियो सहित)


काठमाडौं । हाँस्यव्यङग्य क्षेत्रमा अब्बल रहेका कलाकार राजा राजेन्द्र पोखरेलले ‘आमा जननी मेरी माता’ बोलको गीत सार्वजनिक गरेका छन् । मातातिर्थ औंसीको अवसर पारेर आमाहरुको सम्मानस्वरुप उनले यो गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक लिरिकल भिडियोमा लिफ आर्ट मार्फत आमा र सन्ताननको सम्बन्धलाई मनछुने तरिकाले प्रस्तुत गरिएको छ भने गीतमा शब्द, संगीत र आवाज राजा राजेन्द्रकै स्वर रहेको छ । गीतमा संगीत संयोजन भने दिक्षित पौडेलले गरेका छन् ।
गीतसँगै यसको भिडियोमा प्रयोग भएको लिफ आर्टलाई दर्शकले रुचाएका छन् । लिफ आर्टको काम बिराज भण्डारीले गरेका हुन् । भिडियोलाई संजीप श्रेष्ठले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो

Total Page Visits: 1480 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्