Friday, May 3Nepal News Portal
Shadow

अक्सिजन प्लान्टका कर्मचारीमा कोरोना संक्रमण हुदा उत्पादनमा समस्या


काठमाडौं । उद्योगका प्लान्टमा अक्सिजन भर्ने कर्मचारीलाई कोरोना संक्रमण हुँदा उत्पादनमा गम्भीर समस्या देखिने भएको छ । अक्सिजन उत्पादक संघले प्लान्टमा काम गर्ने कर्मचारीलाई खोप लगाइदिन सरकारसँग गरेको बारम्बार आग्रहलाई वेवास्ता गर्दा अहिले उत्पादनमा गम्भीर समस्या आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन उद्योगमा काम गर्ने सम्पूर्ण कर्मचारी फ्रन्टलाइनर भएको जानकारी गराइसकेको छ । उनीहरुलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेर खोप लगाउन संघले गरेको आग्रहलाई सुनुवाई नगर्दा गम्भीर समस्या आएको हो ।

अहिले उद्योगमा काम गर्ने ४० प्रतिशत कर्मचारी कोरोनाको शिकार भइरहेका छन् । अक्सिजन जसले पायो उसले भर्न सक्दैन । अक्सिजन भर्न प्राविधिक जनशक्ति नै चाहिन्छ । अहिले त्यही जनशक्ति कोरोनाबाट थलिएर बसेको संघले जानकारी गराएको छ ।

 

Total Page Visits: 1740 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्