Friday, May 3Nepal News Portal
Shadow

उपत्यकामा आलुको मूल्य अचानक बढ्रयो


उपत्यकामा आलुको मूल्य अचानक बढेको छ । थोक बजारमा ६४देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको आलुको मूल्य खुद्रामा भने १५० रुपैयाँसम्म पुर्‍याइएको छ ।

व्यवसायीका अनुसार बजारमा माग बमोजिम आलु उपलब्ध छैन । त्यसमाथि खुद्रा पसलेले मनपरी मूल्य गर्दा उपभोक्ताहरु मारमा परेको होलसेल व्यवसायीहरुको दाबी छ ।

कालीमाटी फलफूल तथा तरकारी बजारले शुक्रबारका लागि तोकेको मूल्यअनुसार रातो आलुको अधिकतम थोक मूल्य एक सय, भारतीय आलुको ६६ र नेपाली सेतो आलुको प्रतिकिलो मूल्य ८५ रुपैयाँ छ । तर, खुद्रामा भने प्रतिकिलो १५० रुपैयाँसम्ममा आलु बिक्री गरिएको गुनासो उपभोक्ताले गरेका छन् ।

नेपालमा आलु खेति कम हुन थालेको र बेमौसमका कारण भारतबाट आलु आउन छाडेकाले बजारमा आलुको मूल्य बढेको कालीमाटीका आलु ब्यापारी बताउँछन् ।

‘अहिले आलुको स्टोर सिजन हो, कोल्ड स्टोरबाट ल्याइने आलुको मूल्य महंगो भएको छ, कम उत्पादन भएका कारण भारतबाट पनि नेपालतर्फ आलु आउन नसक्दा मूल्य बढेको बताएका छन् ।

व्यवसायीकाअनुसार बर्षायाममा बजारमा आउने मुडे र पालुङको सिजन सकिएर अहिले आलुको कोल्डस्टोर सिजन चलिरहेको छ । अबको केही दिनमा काठमाडौंका लागि काभ्रेको नालाबाट नयाँ आलु आउँछ, त्यो आलु सकिने बित्तिकै काठमाडौंका लागि पनौती र साँखु र केही मात्रामा त्रिशुलीबाट नयाँ आलु भित्रिन थाल्ने व्यवसायी बताउँछन् । त्यो आलु पुस अन्तिम सातासम्म पुग्ने र त्यसपछि पाँचखालबाट काठमाडौंका लागि आलु आउँछ ।
‘आलुको मूल्य होलसेलमै १२० रुपैयाँ सम्म पुगेको थियो, अब नयाँ आलु आएर मूल्य घटाउन सघाउ पुग्छ,’ व्यवसायी बताउँछन् ।

Total Page Visits: 888 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्