Monday, April 29Nepal News Portal
Shadow

युरोकपमा आज तीन खेल हुने, क–कसको हुँदैछ भिडन्त ? (सूचीसहित)


काठमाडौं । युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे हुनेछ । फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो ।

रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोलले पराजित भएको थियो । दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र टर्कीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । टर्की पनि पहिलो खेल जित्ने योजनामा छ । टर्की पहिलो खेलमा इटालीसँग ३–० ले हारेको थियो ।

आजको तेस्रो खेलमा इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्वीट्जरल्याण्डबीचको खेल राति १२ः४५ बजे हुनेछ । इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा बराबरीमा रोकिएको स्वीट्जरल्याण्ड भने आज पहिलो जित निकाल्ने योजनामा छ ।

Total Page Visits: 919 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्