Wednesday, May 15Nepal News Portal
Shadow

परिसंघको टोलीले गरे मन्त्री भण्डारी र मन्त्री मोदीसँग भेट


काठमाडौं । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग भेट गरेको हो।

भेटमा मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायत विषयमा छलफल भएको परिसंघले जानकारी दिएको छ। भेटमा परिसंघका अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न सरकारले काम गर्नुपर्ने बताए।

मन्त्रीद्वय भण्डारी र मोदीले परिसंघ नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रको विकासका लागि सरकारको सहयोग रहने बताएका थिए।

Total Page Visits: 112 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्