Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
प्राकृतिक बिपत्तिबाट निम्तिएका समस्या समाधानमा लाग्न काँग्रेस केन्द्रीय सदस्य खाँणको सरकारलाई आग्रह – Udhyognews.com
Thursday, April 17Nepal News Portal
Shadow

प्राकृतिक बिपत्तिबाट निम्तिएका समस्या समाधानमा लाग्न काँग्रेस केन्द्रीय सदस्य खाँणको सरकारलाई आग्रह


 

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले पछिल्लो सयम बाढी र पहिरोले निम्तिएका समस्याहरु समाधानमा लाग्न सरकारको ध्यानकर्षण गराएका छन् । आफ्नो फेसबेकमा लेख्दै खाँणले देशका विभिन्न भागहरु सिन्धुपाल्चोक, मनाङ, पर्बत, बाग्लुङ लगायतकाठाउँहरुमा प्राकृतिक प्रकोप एबम नदिहरुमा प्राकृतिक बिपत्तिका कारण अविरल वर्षाले ल्याएको बाढि पहिरोले जनजीवन कष्टकर बनाएको भन्दै सरकारले घम्भीर रुपमा लिनुपर्ने बताएका हुन् । प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य यथा शिघ्र सञ्चालन गर्न समेत उनले अनुरोध गरेका छन् ।

बाढी र पहिरोले मेलम्ची क्षेत्रका धेरै बजार डुबान र पक्की पुलहरू भत्कियेको ले बाढीका कारण घरबार बिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारलाई आग्रह गरेका छन् ।

त्यस्तै यस विषम परिश्थितिमा आम नागरिकको दुखमा सबैले आ–आफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई अपिल गरेका छन् । कोरोनाको मापदण्ड पालना गर्दै यथाशीघ्र बेपत्ता हरुको खोजी एबम बिश्थापित हरुलाई आश्रय दिने वातावरण सिर्जना गर्नसमेत उनको आग्रह छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्