Thursday, May 16Nepal News Portal
Shadow

४ वर्षीय बालिकालाई ५० वर्षीय पुरुषले गरे बलात्कार


काठमाडौं । जनकपुरमा ४ वर्षीया बालिकामाथि बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीकी ४ वर्षीय बालिकालाई सोही ठाउँ बस्ने ५० वर्षीय छिमेकी पुरुषले बलात्कार गरेका हुन् ।

बलात्कार गरेको आरोपमा बसबिट्टी निवासी ५० वर्षीय छेदु मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषा पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ छिमेकी बालिकालाई खेलाउनका लागि मण्डलले घरबाट आफूसँग लगेका थिए । खेलाउन लगेको मौका छोपी उनले बालिकालाई आँपको बगैँचा लगी जबरजस्ती करणी गरेका थिए ।

अबेरसम्म घर नफर्केपछि घरपरिवारले बालिकाको खोजबिन गर्दैजाँदा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका हुन्

Total Page Visits: 839 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्