Monday, April 29Nepal News Portal
Shadow

नुवाकोटको ग्रामिण भेगको शिक्षाको विकास लागि करिब ९ लाख सहयोग


काठमाडौं, ११ पौष । नुवाकोट जिल्लाको उत्तरी भेग तारकेश्वर गाउँपालिका वडा नं २ मा अवस्थित श्रीकृष्ण उच्च माध्यामिक विद्यालयको पठन पाठनलाई थप प्रभावकारी बनाउन अक्षय कोष स्थापना सहित करिब ९ लाख रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

स्थानीय समाजसेवी एवं राजनीतिज्ञ रामहरी अधिकारीको संयोजनमा काठमाडौं वडा ४ निवासी ८२ वर्षिय बरिष्ठ समाजसेवी एवं राजनीतिज्ञ तुलसी नारायण खमु श्रेष्ठले आमा तुइलमाया छु खमु श्रेष्ठ, बुवा तुलसीदास खमु श्रेष्ठ र श्रीमती मैया साहु खमु श्रेष्ठको नाममा २ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयको ६० औं वार्षिकोत्सव, अभिभावक भेला एवं संचालक समिति चयनका लागि आयोजित एक कार्यक्रमकाबीच इतिहासमै पहिलो पटक स्थापना गरिएको उक्त कोषलाई छिट्टै बृद्धि गरि ५ लाख पुर्याउने जानकारी बरिष्ठ समाजसेवी तुलसी नारायण श्रेष्ठले दिएका छन् । उक्त कोषको रकम टुहुरा, अशक्त, अपाङ्ग, दलित एवं जेहनदार बालबालिकाहरुको अध्ययनका लागि खर्च गरिने छ ।

यस्तै सोही अवसरमा उनले प्रविधिमैत्री शिक्षाको विकासका लागि खर्च गर्न ५ लाख ५ हजार रुपैयाँ नगद सहयोग गर्नुका साथै १ लाख रुपैयाँ बराबरको एक फोटोकपि मेशिसन पनि प्रदान गरेका छन् । ग्रामिण भेगको बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग गर्न पाएको खुसी हुँदै उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

सो कार्यक्रममा श्रेष्ठ र अधिकारीलाई विद्यालयले सम्मान पनि गरेको थियो ।

Total Page Visits: 543 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्