Thursday, May 16Nepal News Portal
Shadow

एनआईसी एशिया बैंकको ७५ हजार कित्ता संस्थापक शेयर विक्री


काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आज देखि विक्रीमा ल्याएको छ । बैंकले कम्पनीको ७५ हजार कित्ता संस्थापक शेयर विक्री मा ल्याएको हो ।

उक्त शेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले आवेदन दिन सक्नेछन् । शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू.७०६ तोकिएको छ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्न्छि ।

साथै माघ २० गते पश्चात कोषबाट घोषणा हने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश स्वीकृती आवेदनकर्ताले प्राप्त गर्न सक्नेछन् । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Total Page Visits: 221 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्