Monday, May 20Nepal News Portal
Shadow

आफ्नी छोरीको कपाल बिनाअनुमति काटिदिएकोमा १० लाख डलर क्षतिपूर्ति माग


काठमाडौं । संयुक्त राज्य अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल बिनाअनुमति काटिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्षतिपूर्ति माग गरेका छन् ।

उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मुद्दा हालेका छन्।

जिमी होफ्मेयरले मिश्रित वर्णकी आफ्नी छोरीको संवैधानिक अधिकार हनन भएको दाबी गरेका छन्। उनले छोरीलाई मिशिगनस्थित उक्त विद्यालयबाट निकालेका छन्।

स्थानीय शैक्षिक प्रशासनले गत जुलाई महिनामा एउटा अनुसन्धान गर्दै उक्त विद्यालयकी एक शिक्षिकाले विद्यालयको नीति उल्लङ्घन गरेको तर उनले साम्प्रदायिक पूर्वाग्रहका कारण त्यसो नगरेको निष्कर्ष निकालेको थियो।

ती शिक्षिकालाई नसिहत दिइएको थियो तर उनलाई उक्त विद्यालयमा काम गर्न रोकिएको थिएन।

के भएको थियो?
होफ्मेयरले असोसिएटिड प्रेसलाई बताएअनुसार गत एप्रिलमा उनकी छोरी जर्नी घर फर्किँदा उनको टाउकोको एउटा भागमा अधिकांश केश काटिएको थियो। उनले विद्यालयको बसमा छोरीका एक सहपाठीले जर्नीको घुम्रिएको लामो केश काट्न कैँची चलाएको बताए।

बिग्रिएको केश मिलाउन उनलाई हजामका लगिएको भए पनि दुई दिनपछि जर्नी विद्यालयबाट फर्किँदा अर्को भागको केश पनि काटिएको थियो। जर्नीका बुवाले त्यस्तो काम अर्को विद्यार्थीले गरेको ठानेका थिए।

तर छोरीले भने त्यसो शिक्षिकाले गरेको बताइन्। उनले एपीलाई बताएअनुसार ती शिक्षिकाले दुवैतिरको केश बराबर बनाइदिन त्यसो गरेकी थिइन्।

Total Page Visits: 754 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्