Monday, May 20Nepal News Portal
Shadow

१८.८० अंकले घट्यो नेप्से


काठमाडौं । आइतबार साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.९९ प्रतिशतले घटेको छ । नेप्से १८.८० अंकले घटेर १८८५.६० को विन्दुमा झरेको छ ।

यस दिन २६५ कम्पनीका २७ लाख ३४ हजार ३०७ कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि १.१० प्रतिशतले घटेर ३५९.१३ को विन्दुमा झेरको छ ।

आइतबार होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । १३ मध्ये होटेल तथा पर्यटन समूहको सूचक उकालो लागेको छ ।

अरू १२ समूहको समूहगत सूचक ओरालो लागेको छ । ट्रेडिङ समूहको समूहगत सूचक सर्वाधिक १.४७ प्रतिशतले घटेको छ ।

सनराइज ब्लुचिप फन्ड र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ ।

सनराइज फोकस इक्विटी फन्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेर बन्द भएको छ ।

Total Page Visits: 150 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्