Friday, May 3Nepal News Portal
Shadow

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, ५ जना घाइते


काठमाडौं, ९ मंसिर (ससं)। बैतडीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।दुर्घटनामा परी पाँच जना घाइते भएको । झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डामा आज दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेहरुको भने जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

तीव्र गतिमा रहेका जिप अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ। दुर्घटनामा परेर मृत्यु भएका सबै जना भारतबाट पेन्सन बुझेर घर फर्किदै थिए। गत चैतदेखि पेन्सन बुझ्न नपाएकाहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ।

Total Page Visits: 572 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्