काठमाडौं । चर्को घाम, पसिनाका कारण छाला बिग्रने समस्या अत्याधिक हुन्छ । त्यसैले गर्मी मौसम छालाका लागि उपयुक्त मानिँदैन । हामी छालालाई गर्मी मौसममा पनि उत्तिकै ताजा राख्न यी उपाय अपनाउन सक्छौं ।
घामको किरणले छालाको बाहिरी र भित्री भागलाई असर गर्ने भएकाले घाममा निस्कँदा छाताको प्रयोग गर्नुपर्छ ।
गर्मीमा धेरै पानी पिउने ।
गर्मीमा बाहिर निस्कदा शरीर पूरै ढाक्ने लुगा लगाउने।
छाला सधैं सफा राख्ने र पुरै शरिरलाई क्लिनजरले सफा गर्ने ।
राम्रो मोस्चराईजरको प्रयोग गर्ने, यसले छाला सुख्खा हुनबाट बचाउँछ ।
शरीरमा सनस्क्रिन क्रिमको प्रयोग गर्ने ।
घरबाहिर आईसकेपछि गुलाब जल शरीर भरी लगाउने र बरफ पनि लगाउन सकिन्छ तर सधैं बरफको प्रयोग गर्नुहुँदैन ।
छाला सुख्खा हुन नदिन नरिवल पानी दिनमा एक गिलास पिउन सकिन्छ ।