Sunday, May 19Nepal News Portal
Shadow

कृषि विकास बैंकको सिइओमा गोविन्द गुरुङ


काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि वर्षका लागि शनिबार सिइओमा नियुक्त गरेको हो । गुरुङ सिभिल बैंकका पुर्व सिइओ हुन भने पछिल्लो समय म्यानमार सिटिजन बैंकमा सिइओको रुपमा कार्यरत थिए । सीईओ छनोट समितिले शनिबार ३ जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको हो । उनले सोमबारदेखि कार्यभार सम्हाल्दै छन् ।

हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, नेपाल एसबिआई बैंका डिसिइओ विष्णुदेव यादव पनि सर्टलिष्टमा परेका थिए । उनी सिभिल बैंकका पूर्व सीईओ हुन् । नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।

 

Total Page Visits: 274 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्