Monday, May 6Nepal News Portal
Shadow

गर्मी महिनामा छालाको स्याहार यसरी गर्नुहोस्


काठमाडौं । चर्को घाम, पसिनाका कारण छाला बिग्रने समस्या अत्याधिक हुन्छ । त्यसैले गर्मी मौसम छालाका लागि उपयुक्त मानिँदैन । हामी छालालाई गर्मी मौसममा पनि उत्तिकै ताजा राख्न यी उपाय अपनाउन सक्छौं ।

घामको किरणले छालाको बाहिरी र भित्री भागलाई असर गर्ने भएकाले घाममा निस्कँदा छाताको प्रयोग गर्नुपर्छ ।

गर्मीमा धेरै पानी पिउने ।
गर्मीमा बाहिर निस्कदा शरीर पूरै ढाक्ने लुगा लगाउने।

छाला सधैं सफा राख्ने र पुरै शरिरलाई क्लिनजरले सफा गर्ने ।

राम्रो मोस्चराईजरको प्रयोग गर्ने, यसले छाला सुख्खा हुनबाट बचाउँछ ।

शरीरमा सनस्क्रिन क्रिमको प्रयोग गर्ने ।

घरबाहिर आईसकेपछि गुलाब जल शरीर भरी लगाउने र बरफ पनि लगाउन सकिन्छ तर सधैं बरफको प्रयोग गर्नुहुँदैन ।

छाला सुख्खा हुन नदिन नरिवल पानी दिनमा एक गिलास पिउन सकिन्छ ।

Total Page Visits: 590 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्