काठमाडौं, १० मंसिर (ससं)। बर्दियामा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन्।
४४ वर्षीय पुरुषलाई इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले श्रीमतीलाई बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो पक्राउ गरेको हो।
४१ वर्षीया श्रीमतीलाई कुटपिट गरी बलात्कार गरेको आरोप उनीमाथि लागेको छ।
पक्राउ परेका युवक जिल्लाकै बाँसगढी नगरपालिका ९ माछागढका हुन्।
उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।