Friday, May 3Nepal News Portal
Shadow

सुनको भाउ तोलाको ९१ हजार ५ सय रुपैयाँ


काठमाडौं, १० मंसिर (ससं) । नेपाली बजारमा सुनको भाउ लगातार घट्दै गएको छ । मंगलबार तोलामा १ हजार ८ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार (आज) एक हजार रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ बुधबार भने ९१ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कोरोना भाइरस विरुद्धको खोप परीक्षणमा सफलता हात परेका समाचार सार्वजनिक भएसँगै सुनको भाउ घटेको बताइएको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार १ सय ८० रुपैयाँ कायम भएको चाँदीको भाउ मंगलबार १ हजार १ सय ७५ रुपैयाँमा झरेको छ ।

यसअघि कात्तिक २५ गते नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँभन्दा बढीले घटेको थियो । कात्तिक २४ गते प्रतितोला ९८ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ कात्तिक भने ९४ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

नेपालमा यसअघि साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

Total Page Visits: 603 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्