Friday, May 17Nepal News Portal
Shadow

नेपालका इन्टरनेट सेवा प्रभावित, भारतले काटिदिएको आशंका


काठ्माडौं । नेपालका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ ।आज(बिहिबार) अपरान्हदेखि वर्ल्डलिंक, भायनेट, सुबिसु लगायतका सेवा प्रदायकको इन्टरनेट सेवा प्रभावित भएको हो।

नेपालले भारतबाट ब्याण्डविथ खरिद गरेर नेपालमा इन्टरनेट ल्याउने गरेको थियो। नेपालका सेवा प्रदायक र सरकारबीच विवाद रहेकोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस नदिएको कारण नेपालले भारतलाई पैसा तिर्न सकेको थिएँन ।

पैसा नदिएको भन्दै भारतले जुनसुकै बेला इन्टरनेट काटिन सक्ने चेतावनी दिएको थियो । सोहि कारण भारतले नै इन्टरनेटको लाइन काटेको अनुमान गरिएको छ । यद्यपि यसको औपचारिक पुष्टि भने हुन सकेको छैन ।

नेपालले भारतलाई इन्टरनेटको ब्याण्डविथ खरिद गरे वापत करिब ३ अर्ब तिर्नु पर्ने बताईएको छ ।

Total Page Visits: 85 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्