काठमाडौं,१२ मंसिर (ससं) । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रूपैयाँले घटेको छ।
साताको अन्तिम कारोबारको दिन आज सुनचाँदीको मूल्यमा ओरालो लागेको हो।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकेको छ। हिजो यसको मूल्य तोलामा ९१ हजार ५०० थियो।
यस्तै, हिजो ९१ हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९८ हजार ८०० रूपैयाँ निर्धारण गरिएको छ भने चाँदी १० रूपैयाँले घटेर
प्रतितोला एक हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ।
Total Page Visits: 566 - Today Page Visits: 1