काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र केन्द्रीय निक्षेप प्रणाली सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) ले शत प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । नेप्सेले हाल कायम चुक्तापूँजीको १ अर्ब रुपैयाँ बराबरको शतप्रतिशत हुन आउने १ अर्ब रुपैयाँ लाभांश दिने घोषणा गरेको हो । त्यस्तै सीडीएससीले पनि शेयरधनीलाई कुल चुक्तापूँजीको शतप्रतिशत हुन आउने रकम नै लाभांश दिने घोषणा गरेको छ ।
नेप्सेले पुस २९ गते साधारणसभा बोलाएको छ। नेप्सेले आफ्नै कार्यालयमा बिहान ११ बजे साधारणसभा गर्ने जानकारी दिएको छ। यता सीडीएससीले भने एक दिन अगावै साधारणसभा डाकेको छ। यस कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ। सीडीएससीले पनि आफ्नै कार्यालय पुतलिसडकमा बिहान ११ बजे साधारणसभा गर्ने जानकारी दिएको छ।