काठमाडौं । अहिलेको समयमा डाइनिङ टेबल अनिवार्य जस्तै भइसकेको छ । खाना खानका लागि मात्र नभई भान्साको सजावटका लागि पनि यसको महत्व बढीरहेको छ । त्यसो त आफ्नो आवश्यकता र बजेटअनुसार सस्तोदेखि अति महंगो डाइनिङ टेबल राख्न सकिन्छ । बजारमा अनेकथरी डिजाइन र मूल्यका डाइनिङ टेबल उपलब्ध छन् ।
सस्तो मूल्यमा प्लाष्टिकका डाइनिङ टेबल पनि पाइन्छन्, जसको मूल्य ४-५ हजार रुपैयाँबाट सुरु हुन्छ । यी डाइनिङ टेबल छरितो भए पनि टिकाउ र सजावटका लागि काठकै रोज्ने गरिएको छ । काठको डाइनिङ टेबलमा पनि एकरुपता छैन । काठको गुणस्तरअनुसार २० हजार रुपैयाँदेखि १२ लाख रुपैयाँसम्मका डाइनिङ टेबल बजारमा उपलब्ध छन्।
सामान्यतया अहिले बजारमा तीनथरी डिजाइनका टेबल चल्तीमा छ । गोलाकार, वर्गाकार, आयातकारको तीनवटा आकारमा छन् ।