Monday, May 20Nepal News Portal
Shadow

यस्तो छ आज तरकारी तथा फलफूलको मुल्य 


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मुल्य सार्वजनिक गरेको छ ।

जसअनुसार बुधबार (आज) कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २ सय रुपैयाँ, हरियो अंगुर १ सय २० रुपैयाँ, नेपाली सुन्तला १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवि ४०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ र अमला ७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भईरको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्ये च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १३० रुपैयाँ केजीमा तथा तोरीको साग २० रुपैयाँ र रायोको साग ३० रुपैयाँ, जिरा, चमसुर, मेथी, पालूगो र सौंफको साग मुठोको ५० रुपैयाँमा पाइन्छ ।

यसैगरी, छयापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरीयो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ६० रुपैयाँ, चाइनिज सुकेको लसुन १८०, नेपाली सुकेको लसुन ९० रुपैयाँ र हरियो लसुन ६० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदीना ५०० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँमा बिक्रि भईरहेको छ ।

ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २६० रुपैयाँ र रहु माछा ३५० रुपैयाँ केजीमा बिक्रि भईरहेको समितिले जानकारी दिएको छ ।

Total Page Visits: 271 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्