काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, वाग्मती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार वाग्मती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए ।
संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् । प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षमा निपु सराप र राजकुमार श्रेष्ठ चयन भएका छन् ।
संघको महासचिवमा भने राजकुमार प्याकुरेल चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै, सचिवमा राजेन्द्र कुमार तिया, सहसचिव–हरिगोपाल सापकोटा, कोषाध्यक्षमा शेखरमान श्रेष्ठ र सहकोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् ।
अन्य सदस्यहरूमा रामशरण नेपाल, अमृतबहादुर श्रेष्ठ, होमबहादुर श्रेष्ठ, सुनिल अर्याल, ललितजंग सिंह, सन्तोष घले, नमराज मरठ्ठा, कल्पना पौडेल, सुदिप देवकोटा र राजन भट्ट चयन भएका छन् ।
विधानअनुसार संघको केन्द्रीय कार्यसमिति २१ सदस्यीय हुन्छ । जसमध्ये निर्वाचित कार्यसमितिले ३ जना सदस्य मनोनीत गरन्छ । तत्काल २ जनालाई मनोनीत गरिसकिएको छ । एकजना मनोनीत गर्न बाँकी राखिएको अध्यक्ष नेपालले जानकारी दिए ।