काठमाडौं । सरकारले २ अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक तोकेको छ ।
जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डेलाई जिम्मेवारी दिइएको छ । सरकारले उनीहरुलाई शुक्रबार उक्त जिम्मेवारी दिएको हो ।
तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको उपमहानिर्देशक थिए भने हंशराज एभिएसन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए ।