Saturday, May 18Nepal News Portal
Shadow

प्रतितोला ९ सय रुपैयाँ घट्यो सुनको भाउ


काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा ४ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

Total Page Visits: 134 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्