Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
कृषिमा अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन सीडीओसँग माग – Udhyognews.com
Sunday, April 20Nepal News Portal
Shadow

कृषिमा अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन सीडीओसँग माग



काठमाडौं । कृषि क्षेत्रमा अनुदान कटौती गर्ने निर्णय अविलम्ब फिर्ता लिन नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासंघले माग गरेको छ । जिल्ला कार्यसमिति, रुपन्देहीले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै सरकारले गरेको यो निणर्यले समग्र कृषि क्षेत्र र आम उपभोक्ता मारमा परेको भन्दै महासंघले निणर्य फिर्ता लिन माग गरेको हो ।

‘किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुका सट्टा उनीहरूलाई थप मारमा पर्ने गरी आएको सरकारको यसप्रकारको गैरजिम्मेवार निर्णयप्रति अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देही खेद प्रकट गर्दै घोर भ्रत्सना गर्दछ, ज्ञापनपत्रमा उल्लेख छ ।

ब्नबलष् न्चयगउ
माग सम्बोधन नगरिए देशभरका किसान सडकमा उत्रिन बाध्य हुने र यसको जिम्मेवार सरकार हुने अखिल नेपाल किसान महासंघ, रुपन्देहीका अध्यक्ष कृष्ण पन्थीले बताए ।
सरकारको यो निर्णयले मुलुकमा उत्पादन घट्न गइ खाद्य सुरक्षा आँच आउने जोखिम बढेको उनले बताए ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अखिल नेपाल किसान महासंघबाट प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाउने बताए ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्