Monday, May 20Nepal News Portal
Shadow

देशमै रोजगारी श्रृजना गर्न उद्योगी व्यवसायीको भूमिका महत्वपूर्ण : मन्त्री भण्डारी


 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीले रोजगारीको अभावमा पलायन भैरहेका जनशक्तिलाई रोक्न र नेपालमै नयाँ रोजगारीका अवसरहरू श्रृजना गर्नुपर्ने बताएका छन् । उनले बुधबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटबार्तामा यस्तो बताएक हुन् ।

आफ्नो लक्ष्य देशमै रोजगारी श्रृजना गरेर विदेश पलायन हुने जनशक्तिलाई रोक्ने रहेकोले त्यसलाई परिसंघले सहयोग गर्नुपर्ने बताए । अर्थतन्त्र सुधारका लागि सरकारको पक्षबाट आफूले पहल गर्नेे भन्दै सरकारले उद्योग क्षेत्रलाई प्राथमिकता दिने पनि बताए ।

भेटको क्रममा परिसंघले लिपिबद्ध गरी दिएको ठोस सुझावमध्ये कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने मन्त्री भण्डारीले प्रतिबद्धता जनाए ।

औद्योगिक विकासबाट मात्रै आर्थिक विकासक सम्भव भएकाले परिसंघसँग सहकार्य गरी अघि बढ्ने मन्त्री भण्डारीले प्रतिबद्धता जनाए ।

Total Page Visits: 218 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्