Saturday, May 18Nepal News Portal
Shadow

निर्देशक सुरज कुसुम्याको थारु गीत ‘मन लागेना’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं,२८ असोज (ससं) । निर्देशक सुरज कुसुम्याले निर्देशन गरेको म्युजिक भिडियो ‘मन लागेना’ सार्वजनिक भएको छ । सार्वजनिक भएको केहि समय नबित्दै भिडियोले राम्रो प्रतिक्रिया पाएको छ । टिकटकमा धेरै नै चर्चित भएको यो गीतको भिडियो राम्रो बनेको दर्शक स्रोताको टिप्पणीबाट पनि बुझ्न सकिन्छ ।

एकअर्कालाई अति माया गर्ने जोडी जति नै टाढा भएपनि मायामा एकरत्ति पनि कमी आउदैन भन्ने मुख्य विषयलाई यो भिडियोमा निर्देशक कुसुम्याले देखाउँन खोजेका छन् । भिडियोमा कलाकारद्वय नरेश चौधरी र मन्सा रावलले जीवन्त अभिनय गरेका छन् भने आर.के. थारु र अन्नु चौधरीको गायन रहेको छ ।

सुवेस कठरियाको शब्द अनि गणेश चौधरीको संगीत तथा एरेञ्ज रहेको यो गीतको भिडियोको छायांकान र सम्पादन रामु चौधरीले गरेका हुन् । बाँके र बर्दियाका विभिन्न स्थानमा छायांकन गरिएको यो भिडियो फिल्मी शैलीको छ । यस भिडियोमा प्रस्तुत कथा निर्देशक सुरज कुसुम्या स्वयम्ले लेखेका हुन् । स्मरण रहोस्, निर्देशक कुसुम्या कान्तिपुर फिल्म एकेडेमीका निर्देशन विधाका विद्यार्थी हुन् ।

Total Page Visits: 1159 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्