Monday, May 20Nepal News Portal
Shadow

राष्ट्रपति विद्या भण्डारीद्वारा यी व्यक्ति भए नियुक्ति


काठमाडौं, (ससं) । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमको गैरआवासीय नेपाली राजदूत पदमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट आज (सोमबार) राजभण्डारीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले एक विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।
उक्त विज्ञप्तिमा उल्लेख छ, ‘आज मिति २०७७ साल फागुन १७ गते सोमवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम बेल्जियमका लागि नेपालको आवासीय राजदूत श्री गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

No description available.

 

Total Page Visits: 893 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्