Monday, May 20Nepal News Portal
Shadow

मेगा बैंकबाट तयारी पोशाक व्यवसायीहरुले सहुलियतपूर्ण कर्जा पाउँने


काठमाडौं, (ससं) । तयारी पोशाक व्यवसायीहरुलाई मेगा बैंकले सहुलियत पूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने भएको छ । बैंक, मेगा क्यापिटल र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच माघ २४ गते शनिबार त्रिपक्षीय सहमति भएको हो ।

उक्त सम्झौतामा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघका अध्यक्ष किशोर नेपालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले तयारी पोशाक उत्पादन गर्ने उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

यसले स्थानीय स्तरमा तयारी पोशाक उत्पादकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्धि तथा विस्तारमा सहयोग पुग्नु र यसबाट राष्ट्रको आत्मनिर्भरता अभियानमा टेवा पुग्नुका साथै साना तथा मझौला उद्ममी र उनीहरुसँग आवद्ध मजदुरको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

Total Page Visits: 596 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्