Monday, May 20Nepal News Portal
Shadow

विश्वभर खाद्यपदार्थको मूल्यमा उछाल


काठमाडौं ।  कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथाम लगाइएका प्रतिबन्धहरुका कारण विश्वमा खाद्यपदार्थको मूल्यमा उछाल देखिएको छ । संयुक्त राष्ट्रले भर्खरै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार पछिल्लो खाद्यपदार्थको मूल्यमा व्यापक बढोत्तरी भएको देखिएको हो। खाद्यपदार्थमा पछिल्लो १२ महिनाको बढोत्तरी पछिल्लो एक दशकयताकै बढी रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

महामारीका कारण आपूर्ति, उत्पादन तथा ढुवानीमा उत्पन्न समस्याका कारण खाद्यपदार्थको मूल्यमा व्यापक वृद्धि भएको देखिएको छ। यसले विश्वमा आर्थिक मन्दी बढाउने चिन्ता पनि व्यक्त गरिएको छ।

संयुक्त राष्ट्रको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनको फुड प्राइस इन्डेक्सले विश्वभरका अन्न उत्पादन, डेरी उत्पादन र मासुको मूल्यमा निगरानी राखेको हुन्छ। यो इन्डेक्सअनुसार मे महिनामा खाद्यपदार्थको मूल्य ३९.७ प्रतिशतले बढेको छ। जुन सन् २०१० अक्टोबरयताकै उच्च हो।
वनस्पति तेल, अन्न र सख्खरको मूल्यमा भएको वृद्धिले खाद्यपदार्थको मूल्यमा व्यापार बढोत्तरी भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिबन्धहरुका आवातजावतमा कठिनाइ उत्पन्न हुँदा बजार र आपूर्तिको सन्तुलन अवरुद्ध हुँदा खाद्यपदार्थमा महँगी बढेको प्रतिवेदनमा जनाइएको छ। विशेषज्ञहरुले उत्पादनमा भएको कमीका कारण प्रतिबन्धहरु सहज हुँदै गएको अवस्थामा पनि अर्थव्यवस्थामा मन्दीको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिइएको छ। – एजेन्सी

Total Page Visits: 812 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्