Monday, May 20Nepal News Portal
Shadow

‘प्रधानमन्त्री भनेको केपी ओली हो’, अहिले केपी ओली श्री ३ बराबर हो, :आरसी गौतम


काठमाडौं, (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीहरुले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् । ओलीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको दाबी गरेका हुन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणाविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको सुनुवाइका क्रममा बिहीबार (आज) अधिवक्ता गौतमले संविधानले प्रधानमन्त्रीलाई राजाको जत्तिकै अधिकार रहेको तर्क गरेका हुन् । संसद् विघटन गर्ने अधिकार संसदीय प्रणालीमा हुन्छ । प्रधानमन्त्री राजाबराबर, श्री ३ बराबर हो, त्यसैले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा हुन्छ, उनले भने ।

राजा र श्री ३ (राणाशासकहरू) मा जत्तिकै अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको गौतमले दोहोर्‍याएका थिए ।

ुपहिलेको संविधानले जति अधिकार राजालाई दिएको थियो अहिले त्यति नै अधिकार प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्री भनेको केपी ओली हो । अहिले केपी ओली श्री ३ बराबर हो, गौतमले भने ।

प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूको समय सकिएको छ । अब सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस सुरु गरेका छन् ।

Total Page Visits: 512 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्