Sunday, May 5Nepal News Portal
Shadow

काठमाडौंबाट सुर्खेत लागेको बुद्ध एयरमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो


काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ।

बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जानकारी दिएको छ।

जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ।

जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जानकारी दिएको छ। ६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तब्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको हो।

Total Page Visits: 244 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्