Saturday, May 18Nepal News Portal
Shadow

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी मृत फेला


काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार बिहीबार (आज)  बिहान ७ बजे काठमाडौँ, बुलबुलेस्थित निर्माणाधीन घरबाट खसेका हुन् ।  उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
चर्तुवेदीलाई २०६८ भदौ २१ मा प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले भ्रष्टाचारी ठहर गरेको थियो । सर्वोच्च अदालतले १ करोड ३९ लाख २४ हजार ९ सय ६ रूपैयाँ ५ पैसा भ्रष्टाचार गरेको फैसला गर्‍यो । त्यसका अतिरिक्त त्यति नै रकम जरिवाना र डेढ वर्ष कैद सजायसमेत तोकेको थियो ।
उनी सरकारी संस्थानहरू नेपाल वायुसेवा निगम, आयल निगम, नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल ९एनसीसीएन० र साल्ट ट्रेडिङका प्रमुख थिए । चतुर्वेदीले २०३२ मा एनसीसीएनमा असिस्टेन्ट इन्जिनियरका रूपमा सेवा प्रवेश गरेका थिए ।
Total Page Visits: 772 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्