Saturday, May 18Nepal News Portal
Shadow

आइक्यानका अध्यक्षमा ओली


काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवद्र्धनको काम गर्दै आएको छ ।

महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले ओलीलाई शुक्रबार (हिजो) पद तथा गोपनीयताको सपथ गराएका हुन् । परिषद्का उपाध्यक्ष तथा अन्य सदस्यले पनि सपथ लिएका थिए ।

कूल १७ सदस्यीय परिषद्मा हाल १४सदस्य निर्वाचित भइसकेका छन् भने महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले तीन सदस्य मनोनीत गर्न बाँकी छ । नवौँ परिषद्को पहिलो कार्यकालका लागि उपाध्यक्षमा भाष्करसिंह लाला निर्वाचित भएका छन् । सदस्यमा चार्टर्ड एकाउन्टेन्टकोतर्फबाट सन्तोष काफ्ले, क्षेत्रगोपाल प्रधान, सुजनकुमार काफ्ले, सुरेन्द्र श्रेष्ठ, रामचन्द्र खनाल, सुजन श्रेष्ठ, पियुष आनन्द र प्रविणकुमार झा निर्वाचित भएका छन् ।

 

Total Page Visits: 637 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्