Saturday, May 18Nepal News Portal
Shadow

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले गरे प्यानल घोषणा


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष रामचन्द्र संघईले प्यानल घोषणा गरेका छन् । संघाईले आइतबार महासंघको बरिष्ठ उपाध्यक्षको उमेदवारी दर्ता गराउँदै आफ्नो प्यानल घोषणा गरेका हुन् ।

संघाईको टिमबाट जिल्ला नगर उपाध्यक्षमा सुरजकृष्ण वैद्य, वस्तुगतमा शकुन्तलाल हिराचन उठ्ने छन् । एसोसियटमा ज्योत्स्ना श्रेष्ठ उठ्ने छिन् ।

अहिलेको कार्यकासमितिमा संघाई एसोसियट उपाध्यक्ष छन् । हिराचन कोषाध्यक्ष हुन् भने अरू कार्यकारिणी सदस्य छन् । महासंघको साधारण सभा चैत २८ गते हुनेछ । विधानअनुसार अध्यक्ष चन्द्र ढकाल हुनेछन् ।

तीन वर्षपछि अध्यक्ष बन्नका लागि विधान अनुसार वरिष्ठ उपाध्यक्ष पदमा संघाईबाहेक अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रत्यासी छन् । औपचारिक रूपमा टिम भने संघाईले पहिलोपटक घोषणा गरेका हुन् ।

Total Page Visits: 187 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्