Sunday, May 5Nepal News Portal
Shadow

अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो


काठमाडौं, (ससं)। अमेरिकामा कोरोना भाइरस(कोभिड-१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। गत २४ घण्टाभित्र तीन हजार ४१४ जना संक्रमितको मृत्यु भएसँगै त्यहाँको कूल मृत्यु हुनेको संख्या चार लाख नाघेको हो।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार शनिबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या दुई करोड ४० लाख ७६ हजार २९० पुगेको छ। गत २४ घण्टामा त्यहाँ थप दुई लाख २३ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ।

कूल संक्रमितमध्ये एक करोड ४२ लाख ११ हजार १७ जना उपचारपछि निको भइसकेका छन्। त्यहाँ सक्रिय संक्रमित हाल ९४ लाख ६३ हजार ८०५ रहेका छन्।

गत २४ घण्टामा विश्वभर सात लाख २४ हजार ८५३ जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमित संख्या नौ करोड ४२ लाख ४५ हजार ४१८ पुगेको छ।

साथै, कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २० लाख १६ हजार ६८ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र १४ हजार २५० जनाले यही संक्रमणका कारण ज्यान गुमाएका छन्।

Total Page Visits: 458 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्