Monday, May 20Nepal News Portal
Shadow

विदेशी लगानी भित्र्याउँन राष्ट्र बैंकको स्वीकृति लिनुनपर्ने


काठमाडौं । विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने  व्यवस्था गरिएको छ । राष्ट्र बैंकले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गरी नेपालमा लगानी ल्याउन स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकको जेठ १७ गते बसकेको सञ्चालक समितिले विनियमावली स्वीकृत गरेको थियो । सञ्चालक समितिबाट पारित भएपछि केन्द्रीय बैंकले मंगलबार विनियमावली जारी गरेको हो ।

विदेशीले कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ्ग प्रणालीमार्फत नेपाल भित्र्याउन डलरमा हुने लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।

विदेशी मुद्रा लगानी हुने कम्पनी तथा उद्योगको कायम हुने चुक्ता पुँजीको ३ प्रतिशतमा नबढ्ने गरी लेखापरीक्षकबाट खर्च प्रमाणित गरे बमोजिम विदेशी लगानीमा गणना गर्न सकिने व्यवस्था गरिएको छ । सोको लेखाङ्कन विनियम ५ बमोजिम गराउनु पर्नेछ । तर, विदेशी लगानी हुन नसकेको खण्डमा वा विदेशी लगानीमा गणना भएको रकमभन्दा बढी रकम भएमा त्यस्तो रकम फिर्ता पठाउन सकिने छैन ।

बैंक तथा वित्तीय संस्थाले इच्छुक विदेशी लगानीकर्ता वा निजको आधिकारिक स्थानीय प्रतिनिधिको खातामा जम्मा गरिदिन सक्नेछ । उक्त रकम जम्मा गरिदिन इच्छुक विदेशी लगानीकर्ता र निजको आधिकारिक स्थानीय प्रतिनिधि भए निजबाट बैंक तथा वित्तीय संस्थाले निवदेन लिनु पर्नेछ ।

Total Page Visits: 661 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्