Sunday, May 12Nepal News Portal
Shadow

उद्योग वाणिज्य महासंघका अध्यक्षले सम्हाले पदभार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पदभार सम्हालेका छन् । आइतबार काठमाडौंको टेकुस्थित महासंघको कार्यालयमा पुगेर ढकालले पदभार सम्हालेका हुन् ।

सो क्रममा ढकाललाई महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले कार्यभार हस्तान्तरण गरेका छन् । पदभार ग्रहणपछि अध्यक्ष ढकालले आफ्नो कार्यकालमा विशेष गरी पाँच वटा विषयलाई प्राथमिकतामा राखेको बताए ।

उनले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने बताए । त्यस्तै, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्दै मुलुकमा लगानीको वातावरण बनाउन पहल गर्ने उनको भनाइ छ ।

ढकालले दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्न दबाब दिने धारणा राखे ।

त्यस्तै, महासंघका निवर्तमान अध्यक्ष गोल्छाले आफूले नयाँ अध्यक्षलाई सदैव साथ र समर्थन गर्ने बताए । उनले विधानअनुसार महासंघ चलेको र निर्वाचनबाट आएका कार्यसमिति सदस्यहरूले अहिलेको चुनौतीलाई समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरे ।

Total Page Visits: 126 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्