Sunday, May 19Nepal News Portal
Shadow

महालक्ष्मी विकास बैंकको २९औं वार्षिकोत्सव भयो सम्पन्न


काठमाडौं । महालक्ष्मी विकास बैंकले जेठ ७ गते (आइतबार) देखि २९औं वर्षमा प्रवेश गरेको छ।

यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरू, रक्तदान कार्यक्रम, सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्‍याली, केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२३, दोस्रा श्रृंखला लगायत विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ।

त्यस्तै, शाखा, प्रादेशिक तथा केन्द्रिय कार्यालयका कर्मचारीहरूको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरूका (८ वटा) विभिन्न स्थानहरूमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरूको सहभागितामा शनिबार वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।

त्यसैगरी, वार्षिकोत्सवको अवसरमा गत वर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोस्रो श्रृंखला ९महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२३, श्रृंखला २० १६ टिमको सहभागितामा बैंकले जेठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ।

Total Page Visits: 127 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्